हिँडडुल गर्न अशक्तत मानिसहरूका लागि तरकारी काट्ने जस्ता नियमित कार्यहरू गर्न कठिनाइ हुनेहरूलाई मद्दत गर्ने उद्देश्यले इन्जिनियरहरूले रोबोटिक प्रणाली विकास गरेको भर्जिनिया टेकले रिपोर्ट गरेको छ।
यस प्रणालीमा रहेको एड्याप्टिभ ग्रिपरले सुसज्जित हातले सबै आकार र बनावटका वस्तुहरूलाई सटिकता र हेरचाहका साथ ह्यान्डल गर्न सक्ने बताइएको छ।
नाजुक उत्पादनहरू, बेक्ड गरिएका चिजहरू वा अन्य संवेदनशील खाद्य वस्तुहरू ह्यान्डल गर्नको लागि यो प्रविधि उपयुक्त हुने टेलिग्राफले रिपोर्ट गरेको छ।
“तपाईं कसैलाई मद्दत गर्न सक्ने रोबोट प्रस्ताव गर्न जाँदै हुनुहुन्छ भने, यसले कुनै व्यक्तिले उही काम कसरी गर्छ भन्नेसँग केही सम्बन्ध हुनुपर्छ भन्ने हाम्रो सोच हो” मेकानिकल इन्जिनियरिङका सह–प्राध्यापक डिलन लोसीले भने।
“यसले रोबोटको कार्यलाई व्यक्तिको प्राकृतिक चालहरूको विस्तारको रूपमा बनाउँछ। केवल कार्यात्मक रोबोटिक प्रणालीहरू निर्माण गर्नु पर्याप्त छैनस प्रणालीहरू प्रयोगकर्ता–मैत्री र सहज हुनुपर्छ।”
टोलीले हालै रोबोटलाई जोइस्टिकबाट आदेशहरू प्राप्त गर्न प्रोग्राम गरिएको रिपोर्टले थप उल्लेख गरेको छ।
अनुसन्धानकर्ताहरूले रोबोटमा समावेश गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगले रोबोटलाई मानिसले के गर्न खोजिरहेको हो भनेर बुझ्नको लागि कमाण्ड ९आदेश० हरूको व्याख्या गर्न मद्दत गर्ने जनाइएको छ।
“लामो अवधिमा, हामी कुनै पनि प्रकारको वस्तु बुझ्न सक्ने रोबोटहरू सिर्जना गर्न चाहन्छौं” लोसीले भने।
“ती वस्तुहरू नरम, कडा, ठूला, साना, वा विभिन्न प्रकारका बनावटहरूबाट बनेका हुन सक्छन्। यदि तपाईं आफ्नो दैनिक कार्यहरूमा मद्दत गर्न रोबोटको आवश्यकता पर्ने व्यक्ति हुनुहुन्छ भने, त्यो रोबोटले तपाईंलाई खाजा वा तपाईंले चाहेको कुरा तयार गर्न मद्दत गर्न सकेमा राम्रो हुनेछ” भनि उनले थप उल्लेख गरे।
यो चाडैं बजारमा आउने छ ।