इलामको ‘दिदीबहिनी’ झरनाःपर्यटकको आकर्षक गन्तव्य

‘दिदीबहिनी’ झरना इलाम सदमुकामबाट करिब २५ किलोमिटर उत्तरतर्फ नगरपालिका–३ को पुवामझुवामा अवस्थित छ ।

पछिल्लो समय दिदीबहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै गएको छ । दुईवटा झरना नजिक भएको हुँदा यसलाई दिदिबहिनी झरना नामकरण गरिएको हो ।

यहाँ पुग्ने खुसी र पुग्न खोज्ने व्यक्तिहरुको इच्छा बढ्दै गएकोले सबैको आकर्षण भएको हो ।