आइतबार छापावाल सुनको मूल्य ३४ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ४ सय रूपैयाँले बढेर १ लाख ९६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार २३५ रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर २ हजार २५० रूपैयाँ कायम भएको छ ।