रविन्द्र ढाँटले एमएफएन १७ मा कोरेनलाई हराउँदै बान्टमवेट टाइटल जित्दा, उनले त्यो ऐतिहासिक क्षण आफ्ना प्रशिक्षक दिविज पिया लामालाई समर्पण गरे।
नेपाल वारियर्स च्याम्पियनसिप (NWC) का संस्थापक दिविजले रविन्द्रको सम्भावना चिनेका थिए र व्यक्तिगत लगानीमा प्रशिक्षण, आहारा, आवास सबैको व्यवस्थापन गर्दै उनलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याए।
‘लक एण्ड रोल एमएमए’ देखि ‘सोमा फाइट क्लब’ सम्मको यात्रा दिविजकै मार्गदर्शनमा सम्भव भयो। रविन्द्रको सफलतामा दिविजको त्याग, मेहनत र विश्वासको ठूलो योगदान छ।