आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ध्रुव कुमार पौडेललाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। संस्थाको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई दोस्रो कार्यकालका लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको हो। अबको कार्यकाल चार वर्षको हुनेछ र साउन २१ गतेदेखि लागू हुनेछ।
पौडेललाई सोही बैठकले पुनः कम्पनी सचिवको जिम्मेवारी पनि सुम्पिएको छ। पौडेलको नेतृत्वमा आरएसडीसी लघुवित्तले विगतमा वित्तीय सुदृढता र सेवा विस्तारमा उल्लेखनीय प्रगति गरेको मानिन्छ। पुनः नियुक्तिसँगै संस्थाको नेतृत्वमा निरन्तरता आउने अपेक्षा गरिएको छ।