साता सुरु हुँदै सेयर बजारमा ६५ अंकको गिरावट, कारोबार रकममा पनि ठूलो कमी

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ६५.२० अंकले घट्दै २८५७.४३ बिन्दुमा झरेको छ। यो गिरावट २.२३ प्रतिशतको हो, जुन पछिल्ला दिनहरूमा देखिएको सबैभन्दा ठूलो एकदिने गिरावटमध्ये पर्छ। यसअघि बिहीबार पनि बजार ३१.५० अंकले घटेको थियो।

आज कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ। नेप्सेमा सूचीकृत ३१९ कम्पनीका ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर किनबेच हुँदा जम्मा १३ अर्ब ७ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ।