आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता कर्मचारीले ओम हस्पिटलमा छुट पाउने

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट प्राप्त हुने भएके छ । भने हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत दिने भएको छ । छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप आइएमई लाईफ मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाई छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।