नेपाल एसबिआई बैंक “क्यापिटल फाइनान्स इन्टरनेसनल लाण्डन ” द्वारा सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड, क्यापिटल फाइनान्स इन्टरनेसनल (CFI.co),लण्डनद्धारा “च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन नेपाल २०२५” को उपाधिबाट सम्मानित भएकोे छ । यस प्रतिष्ठित अर्वाडले बैंकको डिजिटल रुपान्तरण तथा ग्राहक केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई दर्साउँछ ।

त्यसैगरी बैंक, सिंगापुर स्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (ABF) द्धारा होलसेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत “नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर” , “नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर”, तथा रिटेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत “डिजिटल बिजनेस बैंकिङ्ग इनिसियटिभ अफ द इयर – नेपाल” र “एसएमई बैंक अफ द इयर – नेपाल” बाट सम्मानित भएको हो ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।