सुन-चाँदीमा निरन्तर उकालो, बजार फेरि चम्कियो

साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य फेरि बढेकाे छ, जसले लगानीकर्ताको ध्यान तानेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यो १०० रुपैयाँले वृद्धि हो।

हिजाे आइतबार मात्रै सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले उकालो लागेको थियो, जुन पछिल्लो समयको एकैदिनको सबैभन्दा ठूलो वृद्धिमध्ये एक हो। त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य २ हजार २५० रुपैयाँ थियो।