दरमखोला हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ भर्ने आज साउन १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन १५ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले सर्वसाधारणलाई २४ लाख २३ हजार १ सय ८५ कित्ता शेयर निष्काशन गरेको छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।