नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड गाडीमा विशेष अफर

टोयोटाका लागि नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर घोषणा गरेको छ।

यो एक्स्पो आगामी साउन २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। यसमा टोयोटाले आफ्नो स्टल A9 मा हाइब्रिड इलेक्ट्रिक गाडीहरू प्रदर्शन गर्नेछ।

कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत ग्राहकहरूलाई आकर्षक छुट र सुविधाहरू प्रदान गर्ने बताएको छ। यस अफरको उद्देश्य हाइब्रिड गाडीहरूको प्रवर्द्धन गर्नु र पर्यावरणमैत्री सवारी साधनहरूलाई प्रोत्साहन दिनु रहेको छ। एक्स्पोमा सहभागी हुने ग्राहकहरूले टोयोटाका उत्कृष्ट उत्पादनहरू, जस्तै Corolla Cross Hybrid, हेर्न र विशेष सुविधाहरूको फाइदा लिन सक्नेछन्।

टोयोटाले आफ्ना गाडीहरूको Quality, Durability, Reliability मा जोड दिँदै आएको छ। यो एक्स्पोमा कम्पनीले “Move your world” भन्ने नाराका साथ आफ्ना नयाँ तथा हाइब्रिड मोडेलहरूको प्रदर्शन गर्ने तयारी गरेको छ।