माछापुच्छ्रे बैंकको नाफा दुई अर्ब नाघ्यो, EPS दोब्बर

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार

गत आर्थिक वर्ष २०८१/८२ मा माछापुच्छ्रे बैंक लिमिटेडले उल्लेखनीय नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ थियो।

बैंकको नाफा बढ्नुमा प्रमुख कारणहरूमा खुद ब्याज आम्दानी, फि तथा कमिशन आम्दानी, सञ्चालन मुनाफा वृद्धि हुनुका साथै इम्पेरमेन्ट चार्जमा आएको ठूलो गिरावट रहेको छ।

विवरण अनुसार,

  • खुद ब्याज आम्दानी १५.४१% ले वृद्धि भई ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ पुगेको छ।
  • फि तथा कमिशन आम्दानी १८.१६% ले वृद्धि भई १ अर्ब २८ करोड ५१ लाख रुपैयाँ पुगेको छ।
  • कुल सञ्चालन आम्दानी १६.५१% ले बढेर ७ अर्ब ४४ करोड ६ लाख रुपैयाँ पुगेको छ।
  • सञ्चालन मुनाफा ९९.९१% ले उकालो लाग्दै ३ अर्ब ३३ करोड २ लाख रुपैयाँ पुगेको छ।

उता, इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा झरेको छ, जसले नाफा वृद्धिमा थप टेवा पुर्‍याएको छ।

नाफासँगै प्रतिशेयर आम्दानी (EPS) ८ रुपैयाँ ३१ पैसाबाट बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ भने वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य EPS ९ रुपैयाँ २३ पैसा पुगेको छ।

११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष ७ अर्ब ४१ करोड रुपैयाँ रहेको छ। असार मसान्तसम्म, बैंकले १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार