वैकल्पिक वित्त विधेयक पारित गर्न संसद बैठक आज दिउँसो

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार

संघीय संसदको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकको मुख्य कार्यसूची ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ पारित गर्ने रहेको छ।

उक्त विधेयकमाथि छलफल अघि, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद गौतमले विधेयकको धारावार छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने छन्। विधेयकमा प्राप्त संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ।

आजको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, र युवा तथा खेलकुद मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने छन्।

त्यसैगरी, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ संसदमा पेश गर्ने कार्यक्रम रहेको छ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिका (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्नेछन्।

आजको बैठकबाट विभिन्न विधेयकहरूमा निर्णायक प्रगति हुने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार