नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पालिकाहरूले सडक बत्तीको विद्युत बक्यौता नतिरेको उल्लेख गर्दै अब पालिकाहरूले सोलार बत्ती जडान गर्नुपर्ने बताएका छन् ।
नेपालमा यदि सोलार र ब्याट्रीले विद्युत आवश्यकताहरू पूरा गर्न सके भने महँगो जलविद्युत निर्माण आवश्यक नपर्ने पनि बताएका छन्।
उनका अनुसार सोलार र ब्याट्रीले साँझ-बिहानको माग धान्न सके जलविद्युत अपरिहार्य हुने छैन । सिँचाइ हुने क्षेत्रहरूमा चोरी रोक्न सोलार पम्प र मिटर जडान भने गर्नुपर्ने छ ।