नाइमा अध्यक्ष वैद्यलाई प्रश्न : आजबाट शुरु मोबिलिटी एक्स्पोमा विशेष के?

आजदेखि नाइमा अटो मोबिलिटी एक्स्पो शुरू हुदैछ यसैको पूर्वसन्ध्यामा नीति365 को टिमले नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्य संघ गरेको अन्तरबार्ता/कुराकानीमा आधारित अंश –

२०८१ साल फागुन ९ गते कम्पनी रजिस्ट्रार कार्यालयमा नेपाल अटोमोबाइल्स इम्पोट्र्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) दर्ता भयो । नेपालका चर्चित अटोमोबाइल्स व्यवसायीमध्ये प्रारम्भिक अवस्थामा १० जनाको सहभागितामा खोलिएको नाइमाको नेतृत्व अथवा अध्यक्षको जिम्मेवारी ऋतु सिंह वैद्यको छ ।

वैद्यलाई नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशकको जिम्मेवारी छ । नाइमाको अध्यक्ष तथा टोयोटा मोटर्सको प्रबन्ध निर्देशकको पद लिएकी ऋतुलाई नेपालमा गाडीको आयात, बिक्री एवं उत्पादन गरिरहेका कम्पनीहरू मात्रै सहभागी भएर नयाँ संस्था गठन गरेसँगै अटोमोबाइल्स क्षेत्रको एक मात्रै संस्था २०३२ सालमा स्थापना भएको नाडा अटोमोबाइल्स एसोसिएसन फुटेको आरोप लाग्यो । तर यस आरोपलाई चिर्दै नाडा नफुटेर नेपालमा गाडीको आयात, बिक्री एवं उत्पादन गरिरहेका कम्पनीको आवाजलाई अझ सशक्त बनाउन आफ्नो नेतृत्वमा नाइमा गठन भएको वैद्यको दाबी छ ।

नाडा नफुटेर नेपालमा गाडीको आयात, बिक्री एवं उत्पादन गरिरहेका कम्पनीको आवाजलाई अझ सशक्त बनाउन आफ्नो नेतृत्वमा नाइमा गठन भएको वैद्यको दाबी छ ।

नाइमाले आफ्नो संस्था स्थापनाको फरक उद्देश्य भएको जनाएको छ । नाइमाले मुख्यरुपमा आयातकर्ताहरुको समस्या समाधान गर्न सरकारसँग समन्वय गर्न नाडाको भन्दा फरक दृष्टिकोण र रणनीतिका साथ अघि बढ्ने वैद्यको धारणा छ । आर्थिक वर्ष २०८२ ⁄ ८३ को  बजेटमा ईभीमा ट्याक्सको बढोत्तरी भएन । त्यही भएर सरकारलाई धन्यवाद दिदै अटो लक्जरियस र ग्ल्यामरस सेक्टर होइन त्यसैले सहज बनाउनुपर्ने माग पनि ऋतुको छ ।

यस्तै, अटोक्षेत्रको नीति निर्माण, सडक सुरक्षा र यातायात पूर्वाधारका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारी विभागसँग नजिकबाट सहकार्य गर्ने, अटोमोबाइल तथा सवारी साधन आयातकर्ता तथा उत्पादक समुदायको सर्वाङ्गीण विकासका लागि काम गर्ने, अटोमोबाइल आयातकर्ता र उत्पादक समुदायका लागि सीपमा आधारित तालिमहरु प्रदान गर्ने, चेतना जगाउने, नीति वकालत गर्ने र अन्य कल्याणकारी गतिविधिहरू सञ्चालन गर्नेलगायत उद्देश्य राखेर गठन भएको नाइमाका संस्थापक अध्यक्ष वैद्यको जोड छ । आगामीे पूर्वाधार विकास र नीति निर्माणमा जोड दिए अटो क्षेत्रले नेपालमा ठूलो फड्को मार्ने रितुको भनाई छ ।

आज श्रावण २१ गते बुधबार देखि नाइमा मोबिलिटी दुई र चार पांग्रे सवारी साधनको शो भृकृटीमण्डपमा नाइमा मोबिलिटी शोमा सबै मिलाएर ५० वटा ब्रान्डको सहभागिता छ । विभिन्न कम्पनीहरूले आफ्नै अफर ल्याएका छन् । यसपटक दसैं, तिहार, छठको अफर नाइमा मोबिलीटी शोबाटै सुरु हुने आयोजकले जनाएको छ ।

 

ऋतु सिंह वैद्य ritu singh baidhya