बुधबारदेखि सुरु हुने नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) प्रदर्शनीमा टिभिएसका विभिन्न दुईपांग्रे सवारीसाधन सार्वजनिक हुने भएका छन् ।
२५ साउनसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने उक्त प्रदर्शनीमा टिभिएसले बहुप्रतीक्षित प्रिमियम कनसेप्ट मोटरसाइकल, आइसिई इन्जिन तथा इलेक्ट्रिक स्कुटरको नयाँ सिरिज सार्वजनिक गर्न लागेको हो । कम्पनीअनुसार टिभिएसको स्टल एलए (हल बी)मा प्रस्तुत गरिने नयाँ मोडेलमा रोनिन, स्पोर्टी एनतोर्क, स्मार्ट इलेक्ट्रिक स्कुटर आइक्युब र विश्वासिलो जुपिटरलगायतका दुईपांग्रे सवारीसाधन रहनेछन् ।
साथै, ब्रान्डको इनोभेसनप्रतिको प्रतिबद्धता झल्काउने कस्टम पाइक तथा फ्युचरिस्टिक कनसेप्ट बाइकहरू पनि पहिलोपटक
सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।