आज संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो ।
आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरु प्रस्तुत गरिने कार्यसूचीमा तय गरिएको छ ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै, उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा तय गरिएको छ ।