सुन सस्तो, चाँदी महँगो

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत मंगलबार सुनको मूल्य १ लाख ९८ हजार ५ सय रुपैयाँ थियो।उता, चाँदीको मूल्य भने आज २५ रुपैयाँले बढेको छ। अहिले चाँदी प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबार २ हजार २८० रुपैयाँ थियो।