नेपालका लागि प्रोटोन ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्सले नैमा मोबिलिटी एक्स्पो २०२५ मा सहभागिता जनाउँदै अत्याधुनिक प्रविधिसहितको प्रोटोन ई.मास ७ को भव्य प्रदर्शन गरिरहेको छ।
मलेसियाको पहिलो विद्युतीय सवारीका रूपमा चिनिएको इ.मास ७ ले आफ्नो सेग्मेन्टमा मलेसियामा नै नम्बर १ स्थान प्राप्त गरिसकेको छ भने नेपालमा समेत यसले विद्युतीय सवारी क्षेत्रको ध्यान खिच्न सफल भएको छ।
कम्पनीले एक्स्पोको अवसरमा शून्य प्रतिशत ब्याजदरमा ४ वर्षको फाइनान्सिङ (६० मिनेटभित्र ऋण स्वीकृति), ८ वर्षको अनलिमिटेड माइलिज ब्याट्री वारन्टी, २.९९ लाख रुपैयाँ नगद छुट, पुरानो गाडीमा एक्सचेन्ज बोनस, निःशुल्क अटो प्लस बीमा, तथा इमास असिस्टेन्ट प्लस सेवा समावेश विशेष अफर सार्वजनिक गरेको छ।
सन् २०१८ देखि नेपालमा प्रोटोन गाडी वितरण गर्दै आएको जगदम्बा मोटर्सले २०२५ को अन्त्यसम्म देशभर १२ वटा शोरुम तथा सेवा केन्द्र विस्तार गर्ने योजना अघि सारेको छ। हाल कम्पनीले ३ वटा शोरुममार्फत सेवा दिइरहेको छ।
शंकर ग्रुपअन्तर्गत सञ्चालनमा रहेको कम्पनीले विद्युतीय सवारीका लागि आवश्यक स्पेयर पार्ट्स, डाइग्नोस्टिक उपकरण, प्राविधिक सेवा, वारन्टी दाबी प्रक्रिया, र चार्जिङ स्टेसन उपलब्ध गराउँदै इभी इकोसिस्टम निर्माणमा महत्वपूर्ण योगदान दिइरहेको छ।
कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले इ.मास ७ ले विद्युतीय सवारीलाई अझ आकर्षक, भरपर्दो र पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
जगदम्बा मोटर्सले ग्राहकहरूलाई नैमा एक्स्पोको स्टल एल–५, हल–बी मा पुगेर इमास ७ को प्रत्यक्ष अनुभव लिन निमन्त्रणा समेत गरेको छ। कम्पनीले भविष्यमा पनि नयाँ प्रविधि समेटिएका गाडीहरू ल्याउने प्रतिबद्धता दोहोर्याएको छ।