नेपाली बजारमा सफल “महाबचत बजार” अभियानपछि अग्रणी स्मार्टफोन ब्रान्ड भिभो पुनः नयाँ अफरका साथ अगाडि आएको छ। यो पटक भिभोले नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म दराजसँग मिलेर ८.८ सेल्स क्याम्पेन संचालन गर्न लागेको हो।
क्याम्पेन साउन २३ देखि २९ गतेसम्म सञ्चालन हुनेछ, जसमा ग्राहकहरूले बम्पर छुट, एक्सक्लुसिभ डिल्स र रोमाञ्चक फ्ल्यास सेल्सको फाइदा लिन सक्नेछन्। अघिल्लो “महाबचत बजार” मा पहिलो सातामै सयौं युनिट बिक्री गरेर बजारमा बलियो उपस्थिति देखाएको भिभोले अहिलेको क्याम्पेनमा स्मार्टफोन प्रयोगकर्ताहरूलाई थप आकर्षक अफर ल्याएको छ।
क्याम्पेनका विशेष आकर्षणहरू:
- भिभो एक्स२०० प्रो खरिद गर्दा रु. ४,००० बराबरको भिभो बड्स निःशुल्क।
- श्रावण २३ गते राति १२ बजे विशेष फ्ल्यास सेलमा भिभो वाई१९एस प्रो केवल रु. ८,८८८ मा, सीमित स्टकमा।
- दराज भाउचरहरू रिडिम गरेर थप छुटको लाभ।
भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालका अनुसार, “यो क्याम्पेन अघिल्लो अफर छुटाउने ग्राहकहरूका लागि दोस्रो अवसर हो। हामी सधैं प्रयोगकर्ताको आवश्यकताअनुसार अफरहरू ल्याउने प्रयास गर्दै आएका छौं।”
यो डिजिटल पहलले भिभोको ब्राण्ड उपस्थिति मात्र होइन, नेपाली अनलाइन बजारमा प्रयोगकर्ताको पहुँच र अनुभवलाई पनि नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
घरमै बसेर बजेटमै स्मार्टफोन खरिद गर्ने चाहना राख्ने ग्राहकका लागि यो अफर एक सुनौलो अवसर बन्ने निश्चित छ।