राष्ट्र बैंकमा उच्च तहको जिम्मेवारी हेरफेर, अनुज दहाल कार्यकारी निर्देशकमा

  • Clock icon
    २०८२ श्रावण २२, बिहीबार

नेपाल राष्ट्र बैंकले उच्च व्यवस्थापन तहमा महत्वपूर्ण जिम्मेवारी हेरफेर गरेको छ। बैंकका निर्देशक अनुज दहाललाई कार्यकारी निर्देशकमा बढुवा गरिएको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले बुधबार दहालको बढुवाबारे जानकारी दिएको हो।

बढुवापछि दहाललाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको नेतृत्व दिइएको छ। यसअघि उनी वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेर नियामकीय कामकाजमा सक्रिय थिए। राष्ट्र बैंक भित्र अनुशासित, जिम्मेवार र दक्ष अधिकृतको रूपमा परिचित दहालको नयाँ भूमिकाबाट नीति तथा व्यवस्थापनमा थप गति आउने विश्वास गरिएको छ।

साथै, हालसम्म संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको नेतृत्व गरिरहेका ऋषिकेश भट्टलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ।

  • Clock icon
    २०८२ श्रावण २२, बिहीबार