ललितपुर चेम्बर अफ कमर्सले आफ्नो छैटौँ स्थापना दिवस तथा नेपाल चेम्बर अफ कमर्सको ७५ औँ हीरक जयन्ती को अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम २०८२ साउन २४ गते शनिबार बिहान ९:०० बजेदेखि दिउँसो २:०० बजेसम्म, जावलाखेलस्थित चेम्बर कार्यालय परिसरमा हुनेछ। ललितपुर महानगरपालिका–४, सोवा हेल्थकेयर सेन्टर, र पाटन सामुदायिक आँखा स्याहार केन्द्रको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रममा रक्तदान, सामान्य स्वास्थ्य परीक्षण, तथा आँखा जाँच जस्ता सेवाहरू उपलब्ध हुनेछन्।
कार्यक्रमको उद्देश्य सर्वसाधारणमा रक्तदानको महत्त्वबारे जागरूकता फैलाउनु र नियमित स्वास्थ्य परीक्षणको आवश्यकताप्रति चेतना बढाउनु रहेको छ। सहभागीहरूलाई आवश्यक स्वास्थ्य परामर्श तथा रिपोर्ट समेत प्रदान गरिने बताइएको छ।