अवलोकनकर्ताको अत्याधीक घुइँचोपछि नाइमा मोबिलिटी एक्स्पो सोमबार पनि खुल्ने

श्रावण २४, काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा अपेक्षा गरे भन्दा बढि दर्शकको आगमनले प्रर्दशनी स्थलमा रौनक छाएको छ।

५ दिन खुल्ने भनिएको एक्स्पोमा अवलोकनकर्ताहरुको मागलाई थोरै समयमा सम्बोधन गर्न गाह्रो भएपछि नाइमाले एकदिन प्रदर्शन अवधि थप गरेको छ ।

आफूलाई मनपर्ने सवारीसाधनहरु अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ्ग गर्ने, साथै खरिद गर्नेहरुको घुइचो रहेको प्रदर्शनी शनिबारको मुसलधारे पानीमा पनि निर्वाध संचालन भयो । अरु दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिहरुले शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता जनाएका छन् ।

एक्स्पोका प्रारम्भिक तीन दिनमा सर्वसाधरणका साथै बरिष्ठ कलाकार, कुटनितिक नियोगका कर्मचारीहरु, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरु, व्यापारी साथीहरु लगाएत समाजका सबै तहका व्यक्तिहरुले उपस्थिति जनाएका छन्। प्रदर्शनीको पहिलो दिन पन्ध्र हजार, दोश्रो दिन साढे तेह्र हजार, तेस्रो दिन साढे उन्नइस हजार र आज शनिबार एक्कइस हजार पाँचसय अवलोकनकर्ताहरुले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सहभागिता जनाएका छन् ।
स्थापनाको केहि महिनामै आयोजना गरिएको पहिलो प्रदर्शनीमा अवलोकनकर्ताहरुको अपार माया र समर्थन प्राप्त गर्न सफल नाइमा, आगामी दिनहरूमा पनि नेपालको मोबिलिटी क्षेत्रमा अझ ठूलो योगदान पुर्‍याउन प्रतिबद्ध छ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् ।

श्रावण २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला रहने भनिएको प्रदर्शनी अब श्रावण २६ गते, सोमबार सम्म खुल्ने भएको छ ।