नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि ३७ खेलाडी अनुबन्ध गर्न मिनि अक्सन शनिबार सम्पन्न भएको छ।
८ वटा टोलीले ३७ जना खेलाडी अनुबन्ध गर्दा २ करोड १५ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन्।
अक्सनमा सबैभन्दा बढी चितवन राइनोजले खर्च गर्दा पोखराले ११ लाख रुपैयाँ मात्रै खर्चिएको छ। विराटनगर किङ्सले अक्सनमा ५ खेलाडीका लागि २७ लाख खर्च गरेको छ।
जनकपुरले १६ लाख ५० हजार रुपैयाँमा ४ जना खेलाडी भित्र्याएको छ।
चितवनले ३९ लाख रुपैयाँ खर्च गरेर ५ जना खेलाडी अनुबन्ध गर्यो। उसले देव खनाल र अर्जुन साउदका लागि समान १५ लाख रुपैयाँ तिर्यो।
काठमाण्डू गोर्खाजले ३७ लाख खर्च गरेको छ। आदिल आलमलाई ८ वटै टोलीले १५ लाख तिर्न तयार भए पनि काठमाण्डू भाग्यमानी बन्यो।
सबैभन्दा कम पोखरा एभेन्जर्सले ११ लाख रुपैयाँ मात्रै खर्च गरेको छ। अर्जुन कुमाललाई ५ लाख रुपैयाँ तिरेको पोखराले बाँकी ३ खेलाडी २ लाख रुपैयाँको दरमा भित्र्याएको हो।
लुम्बिनी लायन्सले दीलिप नाथ र शेर मल्ललाई समान १० लाख तिर्दा ३२ लाख रुपैयाँ अक्सनमा खर्च गरेको छ।
कर्णाली याक्सले २९ लाख रुपैयाँमा चार जना खेलाडी भित्र्याएको छ। पवन सर्राफका लागि १५ लाख र युवराज खत्रीका लागि अधिकतम मूल्य १० लाखमा गोलाप्रथाबाट अनुबन्ध गर्न सफल हुँदा बाँकी २ खेलाडी ४ लाखमा अनुबन्ध गर्यो।
सूदुरपश्चिम रोइलसले हेमन्त धामीलाई १० लाख रुपैयाँमा भित्र्याउँदा अरु दुई खेलाडीलाई समान ५ लाख र अरु २ लाई समान २ लाखमा अनुबन्ध गर्दा २४ लाख रुपैयाँ खर्च गरेको छ।