सुनमा सामान्य गिरावट, चाँदीमा वृद्धि

शुक्रबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आइतबार सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २०० रूपैयाँले घटेर १ लाख ९९ हजार २०० रूपैयाँमा पुगेको छ।

शुक्रबार मात्र सुनको मूल्य तोलामा ९०० रूपैयाँले बढेर १ लाख ९९ हजार ४०० रूपैयाँ पुगेको थियो, जसले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो। त्यस्तै, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा ५ रूपैयाँले बढेर २ हजार ३३० रूपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलामा २ हजार ३२५ रूपैयाँमा थियो।