साउन २४ गते रक्षा वन्धनको अवसर पारेर अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीले आफ्नो नयाँ फिल्म दुई पोस्टर सार्वजनिक गरेकी छिन् । अभिनेत्री ढुंगानाले नीता फिल्म्सको ब्यानरबाट बन्न लागेको फिल्म ‘पार्वती’ का पोस्टर सार्वजनिक गरेको हुन् ।
सार्वजनिक दुबै पोस्टरमा नीता नै देखिएकी छिन् तर पोस्टरमा देखिएको नीताको तस्विरलाई नियाल्दा उनी सामान्य अवस्थामा देखिएकी छैनन् । उनलाई केहि भएको जस्तो देखिएको छ । दुई चुल्ठि बाटेकी नीतालाई एउटा पोस्टरमा केही भावुक देखिएको छ भने अर्कोमा उनी हाँसिरहेको देखिन्छ ।
दुबै पोस्टरलाई ध्यान दिएर हेर्ने हो भने नीताले यो फिल्ममा अटिजमबाट पीडित युवतीको पात्रको रुपमा देखिँदैछिन् भन्ने अनुमान गर्न सकिन्छ । पोस्टरबाटै यो फिल्ममा पार्वतीकै भूमिकामा देखिन लागेकी नीताले अटिजमबाट पीडित युवतीको भूमिका निर्वाह गर्दैछिन् भन्ने अनुमान गर्न गाह्रो पर्दैन ।