पशुपति आर्यघाटमा जलाउन राखिएको शवबाट हड्डीको टुक्रा निकालेर बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा घाटमा काम गर्ने ‘घाटे बाहुन’ र दाउरा उठाउने एक व्यक्ति रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले करिब ४–५ सय रुपैयाँमा हड्डीको सानो टुक्रा बेचेका हुन्। लोभमा परी यस्तो गरेको स्वीकार गर्दै उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन्। मलामी बसिरहेका व्यक्तिहरूले उनीहरूलाई हड्डी निकालेर दिइरहेको देखेपछि सोधपुछ गरेका थिए, त्यसपछि घटनाको जानकारी प्रहरीलाई दिइएको हो।
तस्बिर : सामाजिक सञ्जाल