ग्राहकलाई नयाँपन दिँदै ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो२०२५’ आज सकिँदै

काठमाडौंको भृकुटीमण्डपमा आयोजित सवारीसाधनको एक्स्पो ‘नाइमा मोबिलिटी’ आज सोमबार सकिँदै छ ।

पाँच दिनदेखि जारी पहिलो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो२०२५’ ले सोमबार औपचारिक कार्यक्रमसहित बिट मार्दै छ । गत बुधबारदेखि भृकृटीमण्डपमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’ आइतबारसम्म आयोजना हुने तय गरिएको थियो । तर, मोबिलिटी एक्स्पोमा अपेक्षा गरभन्दा बढी दर्शक आएपछि प्रदर्शनी अवधि एक दिन थपिएको थियो । आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले अवलोकनकर्ताको उपस्थिति बढेपछि एक्स्पो अवधि एक दिन थपेर सोमबारसम्म सञ्चालन गर्ने निर्णय गरकोे थियो । सोहीअनुसार आज २६ साउनमा एक्स्पो सकिँदै छ ।

अहिलेसम्मको सुचना अनुसार एक्स्पो भिजिट गर्नेको संख्या झण्डै एक लाख पुगेको आकलन गरिएको छ ।