यसै साता नेपाली बजारमा प्रवेश गरेको चेतक ईभीले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा आफ्नो आधिकारिक एन्थम ‘भाइब नै बेग्लै छ’ सार्वजनिक गर्दै उपस्थितिलाई थप चर्चित बनाएको छ। लोकप्रिय गायक तथा चेतकका ब्रान्ड एम्बेसडर नितेश जंग कुँवरको प्रस्तुति रहेको उक्त म्युजिक भिडियो श्रावण २३ गते भृकुटीमण्डपस्थित स्टल आर ३ बी, हल बीमा प्रिमियर गरिएको हो।
सामान्य जिङ्गलभन्दा फरक, यो एन्थमले चेतक ईभीको मुख्य सन्देश ‘फुल्ली लाइफप्रुप’लाई परिभाषित गरेको छ। स्कुटरमा रहेको IP67 रेटेड वाटर एन्ड डस्ट प्रोटेक्सन, सोलिड मेटल बडी, र स्मार्ट फिचर्सहरूले यसलाई सडकमा मात्र नभई नेपाली संस्कृतिमा पनि विशेष स्थान दिलाइरहेको कम्पनीको दाबी छ।
एक्स्पोमा उल्लेखनीय ध्यान खिचिरहेको चेतक ईभीले पर्फर्मेन्स र पर्सनालिटी दुवैको संयोजनमार्फत शहरी मोबिलिटीको परिभाषा नै बदलिरहेको छ। गोल्छा ग्रुपका मार्केटिङ प्रमुख अमित राज चलिसेले चेतकलाई स्वतन्त्रता र आधुनिकताको प्रतीकका रूपमा व्याख्या गर्दै भने, “यो एन्थममार्फत हामी मोबिलिटीलाई संगीत र जीवनशैलीसँग जोड्दै सांस्कृतिक परिवर्तन ल्याउँदैछौं। नितेशले चेतकको बोल्ड र युथफुल इनर्जीलाई जस्ताको तस्तै उतारेका छन्।”
चलिसेका अनुसार, ‘भाइब नै बेग्लै छ’ केवल एउटा एन्थम नभई एक मूभमेन्ट हो, जसले नयाँ पुस्ताको जीवनशैली र गतिशीलतालाई प्रतिविम्बित गर्छ।