नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि जारी गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद भदौ २ गतेसम्म थप गरिएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको छ। यसको अर्थ, प्रत्येक १० कित्ता शेयरधनीलाई ३.४७८३ कित्ता हकप्रद शेयर आवेदन दिन पाइने व्यवस्था छ।
यस अन्तर्गत कम्पनीले कुल ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरका, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर सार्वजनिक गरेको छ।
नेपाल स्टक एक्सचेन्जमा जेठ २९ गतेसम्म शेयर खरिद गरी कायम रहेका शेयरधनीहरूले मात्र यस हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। कम्पनीले जेठ ३० गते बुकक्लोज गरिसकेको छ। शेयरधनीहरूले थप म्यादभित्र आवेदन दिन सक्ने भएकोले अवसर नछुटाउने गरि आवेदन दिने निर्देशन कम्पनीले दिएको छ।