‘देशको संगीत’ नामक सांगीतिक कार्यक्रम काठमाडौंमा आयोजना हुने भएको छ। कार्यक्रम भाद्र सात गते काठमाडौंको नयाँ बानेश्वरस्थित मण्डला थियटरमा हुँदैछ ।
कार्यक्रममा रमण थामी, निर्मला घिसिङ, केशरी घर्ती, अनिश योजना, आरोह सी, सफल सोडारी, असल वाइबा, धिरज नाथ लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन् । साथै सुशीलसिंह ठकुरी, केशर कालिकोटे, माइला लामा र मणि थापाले पनि कार्यक्रमलाई समृद्ध तुल्याउने आशा गरिएको छ ।
यस सांगीतिक साँझले देशभक्ति र सांस्कृतिक पहिचानलाई उजागर गर्दै सहभागी दर्शकहरूलाई साँगीतिक मनोरञ्जन प्रदान गर्ने आयोजकको धारणा रहेको छ ।