४० वर्षमुनिका ४० प्रभावशाली युवाको सुचीमा सुनिता डंगोल

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार
सुनिता डंगोल sunita dangol
अनलाइनखबरले तयार पारेको नेपालमा ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूचीमा काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोल पनि छिन् ।
“नयाँ र पुरानो, दलीय र निर्दलीय, प्रौढ र युवा जस्ता समकालीन राजनीतिक संघर्षहरूमा समन्वयकारी भूमिकाकै माध्यमबाट काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले प्रभावशाली परिचय विस्तार गरिरहेकी छन् ।” भन्दै उनका कार्यहरूको वर्णन गर्दै अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर अनलाइन खबरले आज उपमेयर डंगोल लगायत २०८२ सालका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको छ ।
यसअघि पनि डंगोलले देश तथा विदेशमा विभिन्न अवार्ड तथा सम्मान प्राप्त गरिसकेकी छिन् ।
 तस्बिर: सामाजिक सञ्जालबाट

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार