आउटरिच नेपालले जित्यो फ्लेम अवार्डस् साउथ इस्ट एसिया–०२५ मा १३ प्रतिष्ठित पुरस्कार

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार

आउटरिच नेपालले फ्लेम अवार्डस् साउथ इस्ट एसिया–०२५ मा १३ प्रतिष्ठित पुरस्कार जितेको छ । अगस्ट ८ मा नयाँदिल्लीमा भएको कार्यक्रममा आउटरिचले आफ्ना एक्टिभेसन तथा डिजिटल पार्टनर लेमन र डिजिट–लिइनसँग मिलेर उक्त पुरस्कार जितेको हो । आउटरिचले युनिलिभरका लागि सात, सामसङका लागि दुई, एनसेलका लागि दुई, माउन्टेन ड्युका लागि एक र शिखर इन्स्योरेन्सका लागि एक अवार्ड प्राप्त गरेको छ ।

प्राप्त पुरस्कारमध्ये तीन स्वर्ण, पाँच रजत र पाँच कांस्य अवार्ड हुन् । फ्लेम अवार्डस्को आयोजना रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाले गरेको हो ।

आउटरिच नेपालमा प्रतिष्ठित एजेन्सीको रुपमा परिचित छ ।

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार