सिद्धार्थ बैंकद्वारा ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार
सिद्धार्थ बैंक siddhartha bank

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार यस अवधिमा बैंकले ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०.२५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ८ करोड २८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ रहेको छ । सेवा शुल्क र अन्य आम्दानी १५.०९ प्रतिशतले बढेर १ अर्ब ६४ करोड १५ लाख रुपैयाँ रहेको प्रकाशित विवरणमा उल्लेख छ। बैंकको सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतले बढेर ११ अर्ब १५ करोड ६८ लाख रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा ५ अर्ब २ करोड ९८ लाख रहेको छ । बैंकले गत आवमा थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ ।

बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२० प्रतिशत बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता १३.२२ प्रतिशत छ ।

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार