२५ अंकले नेप्सेमा गिरावट

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज मंगलबार करिब २५ अंकले घटेको छ । बजार परिसुचक २४.७१ अंकले घटेर २७९७.७४ बिन्दुमा पुगेको छ ।

यो अघिल्लो् दिनको तुलनामा ०.८७ प्रतिशतले कम हो ।

कूल ३२३ कम्पनीको ७८ हजार २२६ कारोबारबाट ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ बराबरका १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।