शिवम् सिमेन्टको नाफा गत आर्थिक वर्षमा उल्लेखनीय रूपमा बढेको छ। कम्पनीले बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, कम्पनीको खुद नाफा ७९ करोड ४१ लाख ८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०५.८५ प्रतिशत अर्थात् ३.०५ गुणा बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।
नाफामा ठूलो उछाल आए पनि व्यापारिक आय भने सामान्य मात्र बढेको देखिन्छ। गत आवमा कम्पनीले ७ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने चालु आवमा यो ०.७८ प्रतिशत मात्र बढेर ७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
अन्य आम्दानीमा भने कमी आएको छ। गत आवको तुलनामा यो ३०.७८ प्रतिशत घटेर १३ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ। कुल खर्च पनि १.६६ प्रतिशत घटेर ९४ करोड ६ लाख रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ।
प्रतिसेयर आम्दानी (EPS) ९.३९ रुपैयाँले बढेर १४.५५ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८८.५७ रुपैयाँमा रहेको छ। कम्पनीको चुक्ता पुँजी हाल ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ छ भने जगेडा तथा कोषमा ४ अर्ब ८३ करोड २९ लाख रुपैयाँ संचित छ।