सुन १०० रुपैयाँ सस्तो, चाँदी २० रुपैयाँ महँगो

नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा झरेको छ, जुन हिजोको तुलनामा १०० रुपैयाँ कम हो।

यसअघि सुनको मूल्य आइतबार २०० रुपैयाँ, सोमबार १,१०० रुपैयाँ र मंगलबार १,३०० रुपैयाँले घटेको थियो। हिजो छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घटेको भए पनि चाँदी भने आज महँगिएको छ। हिजो प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँ बढेर २ हजार ३२५ रुपैयाँमा पुगेको छ।