भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ। आरोप अनुसार, चाँगुनारायण नगरपालिकाको १४ रोपनी ४ आना जग्गा मोहीका नाममा नामसारी गरिदिने बहानामा सेवाग्राहीसँग सो रकम मागिएको थियो।
आचार्य र राउतको मिलेमतोमा मोही बाँडफाँड तथा दर्ता प्रक्रिया सहज गरिदिने भन्दै सेवाग्राहीसँग रकम लिइएको आरोप छ। अनुसन्धानको क्रममा मोबाइल डिभाइस र नगद रकमसहित दुवैलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
मुद्दा दायरसँगै न्यायिक प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको छ।