सञ्चार तथा विकास केन्द्र (CSD) द्वारा आयोजित ३४ औं वार्षिक उत्सव कार्यक्रममा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ‘संस्थागत उत्कृष्ट उद्यमशीलता विकास पुरस्कार’ प्रदान गरिएको छ। उक्त पुरस्कारसँगै संस्थाले नगद २ लाख रुपैयाँ प्राप्त गरेको छ ।
पुरस्कार वितरण समारोहमा सूचना तथा सञ्चार मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ्गले छिमेक लघुवित्तका प्रतिनिधिलाई सम्मानपत्र, नगद चेक र ट्रफी प्रदान गरे ।
संस्थाले यो उपलब्धि सम्भव बनाउन योगदान पुर्याउने सम्पूर्ण कर्मचारी सदस्यहरू र CSD परिवारप्रति हार्दिक आभार व्यक्त गरेको छ। ‘अबको निकास घर–घरमा उद्यमशीलता विकास’ भन्ने मूल नारासहित लघुवित्तले भविष्यमा समेत स्थानीयस्तरमा उद्यमशीलता प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ।