गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे मिलन’लाई काठमाडौं अदालतले अभद्र व्यवहार मुद्दामा ३० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ। तर भक्तपुरमा ज्यान मा’र्ने उद्योग मुद्दा रहेकाले उनलाई तत्काल छोडिएको छैन र भक्तपुर पठाइएको छ। केही दिन अघिमात्र चक्रलाई प्रहरीले पक्राउ गरेको थियो ।