कैदीका नाममा भएको अरबौं खर्चलाई जनहितका कार्यमा लगाउनुपर्छ : सोभिता गौतम

  • Clock icon
    २०८२ श्रावण २९, बिहीबार
shovita gautam सोभिता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यले कैदीबन्दी राख्न मात्रै वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको तथ्याङ्क सार्वजनिक गरेकी छन्।
उनका अनुसार सरकारले दिएको विवरणअनुसार प्रतिकैदी वार्षिक लागत ७९ हजार १ सय ९८ रुपैयाँ पर्छ । अहिलेको कैदी संख्याका आधारमा यो खर्च वार्षिक २ अर्ब २७ करोड रुपैयाँभन्दा बढी हुन्छ।
गौतमले यो रकम व्यक्तिगत खाना, स्वास्थ्य, न्यायिक प्रक्रिया लगायतमा खर्च भए पनि यसको व्यवस्थापन वैज्ञानिक ढंगले नगरे समस्याको दीर्घकालीन समाधान नहुने चेतावनी दिइन्।
उनले २ अर्ब रुपैयाँमा राज्यले अन्य धेरै विकासात्मक तथा जनहितका काम गर्न सक्ने भए पनि कैदी व्यवस्थापनमा ठूलो रकम खर्चिनु चुनौती भएको उल्लेख गरिन्।

  • Clock icon
    २०८२ श्रावण २९, बिहीबार