चार दिनपछि सुनमा पुनः वृद्धि, चाँदीको मूल्य पनि माथि

  • Clock icon
    २०८२ श्रावण २९, बिहीबार

लगातार चार दिनसम्म घटेको सुनको मूल्य बिहीबार पुनः वृद्धि भएको छ। गत आइतबारदेखि निरन्तर ओरालो लागेको सुन बुधबार तोलामा १०० रुपैयाँले घटेर १ लाख ९६ हजार ७०० रुपैयाँमा पुगेको थियो। तर, बिहीबार भने सोही रकम अर्थात् १०० रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यमा देखिएको सानो उतार–चढाव र स्थानीय बजारको आपूर्ति–मांगको असरले सो वृद्धि भएको हो।

यससँगै चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५ रुपैयाँले वृद्धि भई २ हजार ३४० रुपैयाँमा पुगेको छ।

  • Clock icon
    २०८२ श्रावण २९, बिहीबार