नोक्सानीमा रहेकै समृद्धि फाइनान्स नाफामा, सुधारको संकेत

  • Clock icon
    २०८२ श्रावण २९, बिहीबार

समृद्धि फाइनान्स लिमिटेडले लामो समयपछि नोक्सानीको अवस्थाबाट नाफामा उक्लन सफल भएको छ। कम्पनीले हालै सार्वजनिक गरेको २०८१–८२ आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, यस अवधिमा फाइनान्सले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

वित्तीय विवरण अनुसार, यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले बढेर स्थायित्वमा पुगेको छ भने कर्जा लगानी पनि ९.६२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात घटेर ९.६६ प्रतिशतमा झरेको छ, जसलाई संस्थाको उल्लेखनीय उपलब्धि मानिएको छ। यस अवधिमा प्रति सेयर आम्दानी ३ रुपैयाँ ९० पैसा पुगेको छ।

सानो व्यवसायिक आकारका कारण सञ्चालन नोक्सानी र उच्च मात्रामा निष्कृय कर्जाको चुनौती भोग्दै आएको फाइनान्सले क्रमिक रूपमा व्यवसाय विस्तार गर्दै सञ्चालन मुनाफा कायम गर्ने अठोट लिएको छ। हालै पोखरा फाइनान्स लिमिटेडसँग मर्जर सम्झौता गरेको संस्थाले आगामी दिनमा अझ दरिलो, विश्वासिलो र सुदृढ वित्तीय संस्थाको रूपमा स्थापित भई सेयरधनीलाई उच्चतम लाभांश दिने लक्ष्य राखेको छ।

  • Clock icon
    २०८२ श्रावण २९, बिहीबार