दरमखोला हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिहीबार बिहान बाँडफाँट गरिएको छ। आइपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा गोलाप्रथाबाट बाँडफाँट सम्पन्न गरिएको हो।
क्यापिटलका अनुसार कम्पनीको आइपीओमा कुल २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो। यसमध्ये २२ लाख ८३ हजार २२६ आवेदन मात्र सदर भएको छ भने १३ हजार २३९ आवेदन बदर भएका छन्। बाँडफाँट परिणाम अनुसार २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। त्यसमध्ये भाग्यमानी ५ जनाले थप १ कित्ता पाई ११ कित्ता सेयर हात पारेका छन्।
कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो। प्रतिसेयर १०० रुपैयाँका दरले २४ लाख २३ हजार १८५ कित्ता सेयर बिक्री खुला गरिएको थियो।