हिमालयन डिष्टीलरीको नाफा २.६ गुणाले बढ्यो

  • Clock icon
    २०८२ श्रावण २९, बिहीबार

हिमालयन डिष्टीलरी लिमिटेडले गत आर्थिक वर्ष २०८१–८२ मा उल्लेख्य नाफा वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको चौंथो त्रैमासिक वित्तीय विवरणअनुसार, कम्पनीको खुद नाफा ९५ करोड ३२ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको ३६ करोड ५० लाख रुपैयाँको नाफाको तुलनामा १६१.१३ प्रतिशत अर्थात् २.६१ गुणा बढी हो।

कम्पनीको नाफा वृद्धिमा व्यापार विस्तारको ठूलो भूमिका रहेको छ। गत आवमा कम्पनीको कुल व्यापार ७ अर्ब २० करोड ११ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको ४ अर्ब १५ करोड ५२ लाख रुपैयाँको तुलनामा ७३.३० प्रतिशत बढी हो।

सञ्चालन नाफा पनि उल्लेखनीय रुपमा १ अर्ब २८ करोड ८१ लाख रुपैयाँ पुगेको छ, जसले १६६.७८ प्रतिशत वृद्धि देखाएको छ। यसबाहेक, कम्पनीको गैर-संचालन आम्दानी ६ करोड ६९ लाख रुपैयाँ रहेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ कायम छ। प्रतिसेयर आम्दानी ३१.०२ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३५.८४ रुपैयाँ रहेको छ।

  • Clock icon
    २०८२ श्रावण २९, बिहीबार