प्रधानमन्त्री ओली भदौ १४ मा चीन प्रस्थान, एससीओ शिखर सम्मेलनमा सहभागी

  • Clock icon
    २०८२ श्रावण २९, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन प्रस्थान गर्दै शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने भएका छन्। सम्मेलन भदौ १५ र १६ गते (अगस्ट ३१–सेप्टेम्बर १) चीनको राजधानी बेइजिङमा आयोजना हुँदैछ।

प्रधानमन्त्री ओलीको सहभागी हुँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरू पनि सम्मेलनमा उपस्थित हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार, सम्मेलनको अवसरमा ओलीले चिनियाँ राष्ट्रपति र भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

एससीओ सन् २००१ मा क्षेत्रीय स्थिरता र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको हो। हाल यस संगठनमा चीन, भारत, पाकिस्तान, रूस, इरान, बेलारुस, काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० सदस्य राष्ट्रहरू रहेका छन्।

  • Clock icon
    २०८२ श्रावण २९, बिहीबार