लक्ष्मी सनराईज बैंकले ‘७% लक्ष्मी सनराईज डिबेञ्चर २०९२’ नामक ऋणपत्र निष्कासन गर्ने

  • Clock icon
    २०८२ श्रावण २९, बिहीबार

लक्ष्मी सनराइज बैंक लिमिटेडले ‘७% लक्ष्मी सन्राइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र निष्कासन गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीको रूपमा नियुक्त गरेको छ । आज यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ऋणपत्रको कुल ३ अर्ब रुपैयाँको हुनेछ ।

सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र लक्ष्मी सनराइज बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालले हस्ताक्षर गरेका छन्।

माछापुच्छ्रे बैंकको सहायक कम्पनी रहेको माछापुच्छ्रे क्यापिटलले धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, निष्कासन तथा बिक्री प्रबन्धकलगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ।

  • Clock icon
    २०८२ श्रावण २९, बिहीबार