सुन प्रतितोला ६०० र चाँदी २५ रुपैयाँले सस्तो

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार

शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। बिहीबार प्रतितोला १०० रुपैयाँले बढेको सुनको मूल्य आज ६०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यसको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ थियो।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। हिजो प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर २ हजार ३१५ रुपैयाँ तोकिएको छ।

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार