भविष्यको मोबिलिटीको प्रतीक ‘डिपाल ई-भीटिओएल’ उड्ने ट्याक्सी र अत्याधुनिक ‘युनिट्री’ रोबोटहरू सुरक्षित रूपमा काठमाडौं आइपुगेका छन् । विविध चुनौती र प्राकृतिक जोखिम पार गर्दै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (NADA) ले यस ऐतिहासिक उपलब्धिको घोषणा गरेको छ।
तातोपानी क्षेत्रमा देखिएका अप्रत्याशित कठिनाइ र प्राकृतिक जोखिमका बाबजुद यी प्रविधिहरू पहिलो पटक सार्वजनिक रूपमा प्रदर्शनका लागि नेपालमा प्रस्तुत भएका छन्।
सार्वजनिक अवलोकनको अवसर नाडा अटो शो २०२५ मा उपलब्ध हुनेछ। यो प्रदर्शनी केवल सवारी साधन वा प्रविधिको प्रदर्शनमात्र होइन, नेपालले प्रविधिमैत्री भविष्यतर्फ उन्मुख गरेको ऐतिहासिक कदम हो।
१७ औँ संस्करणले देशको नवीन सोच, सम्भावनाका ढोका खोल्ने र नेपाली उद्योग तथा नवप्रवर्तनमा नयाँ प्रेरणा दिने विश्वास लिइएको छ।
कार्यक्रम भृकुटीमण्डप प्रदर्शनी हल, काठमाडौंमा भदौ ३ देखि ८, २०८२ (१९–२४ अगस्ट २०२५) सम्म आयोजना हुनेछ। सबैलाई नेपालको प्रविधिमूलक यात्राको साक्षी बन्न आमन्त्रण गरिएको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            