समाजलाई सत्कर्ममा डोर्याउन महिलाहरुको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

उपप्रधान एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपालका विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनीको उद्घाटन गर्दै उनले घर देखि समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको भूमिका महत्वपूर्ण भएको भन्दै यसलाई हल्कामा लिन नहुने बताए ।

उनले भने, ‘महिलाहरुको हक अधिकारको बारेमा कुरा गर्दा यसको लागि संगठन आवश्यक हुन्छ । समाजमा महिलाहरुको धेरै नै ठूलो योगदान छ । घर देखि बाहिर सबै ठाँउमा महिलाको सहभागिता महत्वपूर्ण छ । समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ । यसलाई हामीले हल्कामा लिनु हुदैँन् जस्तो लाग्छ ।’

यस्तै, उनले नारीको शक्तिको बारेमा बुझेर मात्र होईन नारी शक्तिलाई सम्मान पनि गर्न जान्नु पर्ने भन्दै समाजले महिलाहरुको कदर बुझ्नु पर्ने बताए ।
उनले भने, ‘नारीको शक्ति कति छ भन्ने कुरा हामी सबैले देखेका छौ तर नारी शक्तिको बारेमा बुझेर मात्र भएन, नारी शक्तिलाई सम्मान पनि गर्न जान्नु पर्छ भन्ने कुरालाई आजको फोटो प्रदर्शनीले सन्देश दिएको छ । महिलाहरुको कदर समाजले पनि गर्न जान्नु पर्छ ।’

साथै, उनले समाजलाई सहि दिशा तर्फ लानको लागि पनि सबैले आफ्नो स्थानबाट प्रयास गर्नुपर्ने बताए ।